लेखनाथमा शिक्षक अभिमुखिकरण तालिम

समाधान संवाददाता २०८१ वैशाख ४ गते १५:०२

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं ३० ले वडा भित्र रहेका निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न उत्प्रेरणा तालिम प्रदान गरेको छ ।

Advertisement


तालिममा व्यवहारीक र प्रयोगात्मक तथा समयानुकुलको शिक्षा प्रणालीका बारेमा जानकारी गराइएको थियो ।


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जसले पढाउनु पर्छ उसले पढ्नुपर्छ भन्दै शिक्षकहरु हरेर दिन अपडेट भई विद्यार्थीलाई नयाँ कुरा दिन सक्नेगरी अध्यनसिल हुन आग्रह गरे ।

Advertisement


पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समितिका सदस्य विश्वराज पौडेल र भत्तराज रासाईलीले कार्यक्रमको उपयोगिताका बारेमा जानकारी गराएका थिए ।


वडाभित्रका सामुदायिक, निजी विद्यालय र मण्टेश्वरीका शिक्षक, प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत दुई सय ७० जनाको सहभागीता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया