८५ युनिट रगत संकलन

पोखरा ।
युनाइटेड क्लबले आयोजना गरेको रक्तदानमा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन बुधबार आयोजना गरेको खुला रक्तदानमा ८५ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लबले पोखरा १० मा स्थापना भएको पनि सामाजिक काममार्फत पोखराबाहिर समेत पुगेर सहयोग गरेकोमा धन्यवाद दिए । जाजरकोटको भूकम्पदेखि पूर्व र पश्चिममा विपदमा परेकालाई क्लबले सहयोग गरी उदाहरणीय काम गरेको उनको भनाइ छ ।
रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गर्न सके शरीर स्वस्थ बन्ने बताए । रक्तदानले अर्काको जीवन बचाउनेमात्र नभई आफूलाई समेत स्वस्थ बनाउन सहयोग पुग्ने उनले जनाए।
क्लबका कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले क्लबले हरेक वार्षिकोत्सवको अवसरमा रगतको अभावलाई मध्येनजर गरी रक्तदान आयोजना गर्दै आएको जनाए । क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा र महासचिव दिनेश सुनारले बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया