विश्वकर्मा समाजमा रणको नेतृत्व

पोखरा ।
विश्वकर्मा समाज नेपालको १२ औं साधारणसभा तथा चौथो अधिवेशनले रणबहादुर विकको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । २१ सदस्यीय समितिका उपाध्यक्षहरुमा शाकमान सदाशंकर, मञ्जु घिमिरे, बाबुलाल घिमिरे र बेलबहादुर विश्वकर्मा छन् ।
महासचिवमा लालसिंह घोताने, सचिव शरणसिंह विश्वकर्मा, कोषाध्यक्ष वीरेन्द्र गदल, सहकोषाध्यक्ष डीलबहादुर सुनार निर्वाचित भए । सदस्यमा सवित सापकोटा, ईन्द्र बराइली, रामजीकुमार घताने, जीवनकुमार सुनार, रोहण सुनार, कमला सुनार, लक्ष्मण सुनार, विक्रम बराइली, केशरी सदशंकर, प्रदीपकुमार लामिछाने, पूर्णबहादुर खाती, धनराज सुनार र पार्वती विश्वकर्मा छन् ।
कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले समाजका सबै पक्षको विकासबाट नै समृद्धि हाँसिल हुने जनाए । अधिवक्ता शिव सुनारले समाजमा विद्यमान जातीय विभेद र छुवाछुत हटाउन समाजले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष गणेश बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव लालसिंह घताने, महिला समिति अध्यक्ष मञ्जु घिमिरे, युवा समिति संयोजक शरण विश्वकर्मा, विश्वकर्मा कल्याण समाजका उपाध्यक्ष शाकमान सदाशंकर, ज्येष्ठन नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष लोकनाथ ढकाल, वडा सदस्य बलराम पौडेल, संरक्षक कृष्णबहादुर गदल लगायतले बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया