सूर्यचन्द्र विकास समाजमा भाषणकला तालिम

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको उदघोषण तथा भाषणकला तालिम शनिबार सम्पन्न भएको छ । तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे ।
पौडेलले समाज बिकासको क्रम बोल्ने सिपबाटै सुरु हुने हुदा समाजका अगुवाहरू परिमार्जित र परिष्कृत हुन तालिम फलदायी हुने बताए । नेतृत्वमा हुनुपर्ने अनिवार्य सीप बोल्ने शैली भएको हुँदा समाजका हर क्षेत्रमा सो अत्यावश्यक भएको भन्दै सिकेका कुरा व्यवहारमा उतार्न उनले आग्रह गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का विभिन्न टोल विकास संस्थाका करिब ८० जनासहभागी रहेको तालिममा उदघोषण, भाषण र नेतृत्व विकासको बारेमा जमुना वर्षा शर्माले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रम उदघाटन सत्रमा समाजका पूर्वअध्यक्ष कृष्णप्रसाद बराल, पोखरा महानगर कार्यपालिका सदस्य हरीमाया विश्वकर्मा, वडा सदस्यद्वय कल्पना भुवाजी क्षेत्री, गोविन्द पराजुली सहितले मन्तव्य व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष कमला गौतमको अध्यक्षता सम्पन्न उदघाटन कार्यक्रममा, स्वागत उपाध्यक्ष सावित्री कोइराला र सञ्चालन महासचिब हेमराज भण्डारीले गरेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया