लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सघंको कार्यालय

समाधान संवाददाता २०८१ वैशाख १० गते १०:४५

पोखरा ।
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमसँगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले लोकदोहोरी रेस्टुरेन्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउन व्यवसायीहरुनै लाग्नुपर्नेमा जोड दिए ।

Advertisement


आफूहरुको व्यवसाय कोरोना अगाडिसम्म नेपाल सरकारमा सूचीकृत नभएका कारण त्यतिबेला प्रहरी प्रशासनबाट सास्ती खेप्नुपरेको बताए । अध्यक्ष श्रेष्ठले संस्थाको मर्यादाभित्र रहेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रहसमेत गरे ।


पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवयसायी सघंका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले व्यवसायसँगै रोजगार प्रदान गर्ने व्यवसाय लोकदोहोरी रेस्टुरेन्ट भएको बताए ।

Advertisement


राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव शंकरविरही गुरुङले लोकदोहोरीको कलाकार उत्पादन गर्न र कलाकारलाई बचाइ राख्न लोकदोहोरी रेस्टुरेन्टको मुख्य भूमिका रहेको बताए ।


पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवयसायी सघंका सल्लाहकार लोकेन्द्रकुमार राईले रात्रीकालीन व्यवसायहरु २४ घण्टा खुल्नु खुसीको कुरा भएता पनि त्यसमा चुनौती रहेको बताए ।

Advertisement


अर्का सल्लाहकार जयकुमार परियारले संघले ब्यवसायीहरुको हक हितको लागि एकजुट भएर काम गर्न आग्रह गरे । ससुराली रोधी घरका सञ्चालक टंक पौडेलले संघबाट व्यवसायीहरुलाई दुख पर्दा साथ र सहयोग पाइरहेको वताउदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखे ।

उक्त अवसरमा पोखरामा भर्खर सञ्चालनमा आएका ससुराली, जुनेली, मान्द्रो र सारंगी रोधी घरले संघको सदस्यता समेत लिएका थिए । हाल पोखरामा २६ वटा दोहोरी सांझहरु संघमा आवद्ध छन् । संघका अध्यक्ष जीवन गुरुङ भीमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वीरेन्द्र केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिव दिलु लामाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया