‘बन्दुकले समाजको सुरक्षा गर्न सक्दैन’

पोखरा ।
नयाँ वर्ष २०८१ को अवसरमा कास्कीको मादी गाउँपालिकाले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीसँगको सहकार्यमा भएको कार्यक्रममा मादीका जनप्रतिनिधि र सामुदायिक सेवा केन्द्र बीच मैत्रीपूर्ण भलिबल प्रतियोगितासमेत भएको छ ।
प्रतियोगितामा मादी गाउँपालिकाका जनप्रतिनिधिलाई सामुदायिक सेवा केन्द्रले २ का बिरुद्ध ३ सेटले जितेको छ । कार्यक्रममा पालिकाका अध्यक्ष देवीजंग गुरुङले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दीपक मनाङेलाई पालिकाको केन्द्र याङजाकोट लगायत सडक पूर्वाधार निर्माण तथा स्तरोन्नत्तिको लागि ध्यानाकर्षण गराए ।
उनले समुदाय स्तरमा भएका विकृति, विसंगति न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्रसँग सहकार्य गर्ने बताए । मन्त्री मनाङेले विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गरे । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बारुद र बन्दुकबाट समाजको सुरक्षाको काम गर्न नसकिने बताए । उनले स्थानीय समुदायसँगको समन्वय र सहकार्यबाट मात्र नेपाल प्रहरीले शान्ति सुरक्षा र अपराध नियन्त्रणको काम गर्न सक्ने दाबी गरे ।
‘गोराको सहयोगले कुनै पनि देशको विकास सम्भव छैन । बारुद र बन्दुकले समाजको सुरक्षा कायम गर्न सक्दैन,’ उनले भने, ‘समृद्धि र विकासको शस्त्र अस्त्र विधिको शासन हो ।’ एकता र भातृत्व कमजोर भए देश पछाडि पर्ने विचार व्यक्त गरे । उनले सामाजिक एकता बलियो भए हिटलरको बम र बारुदले तोड्न नसकेको स्मरण गरे । उनले जनप्रतिधि समाजको भाग्य र भविश्य निर्धारण गर्ने भाग्यदाता भएको बताए ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकालले शान्ति, सुरक्षा विना विकास सम्भव नभएको उल्लेख गरे । उनले अपराधिक घटनाको सूचना दिनेदेखि प्रमाण सुरक्षित र अपराध अनुसन्धानका लागि स्थानीय समुदायको साथ सहयोग चाहिने जानकारी दिए । स्थानीय समुदायको सहयोग विना केही नहुने तर्क गर्दै उनले विकृति विसंगति न्यूनिकरणको अभियान चलाउन सामुदायिक सेवा केन्द्रको ठुलो जिम्मेवारी भएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल मालेपाटन गणका प्रहरी उपरीक्षक अरुण शर्माले प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा काम गरेको जानकारी दिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष भीम पराजुली, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम लगायतले शान्ति, सुरक्षाका बारेमा बोलेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया