कृस्ती पोखरा सम्पर्क समाजमा उमानाथ

पोखरा ।
कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा कुलदीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्णबहादुर थापा, सहसचिवमा भरत थापा, सदस्यहरुमा बाबुराम थापा, सिर्जना सुवेदी, विष्णु वराल, दुर्गादेवी सुवेदी, राममाया कार्की, भीमा सुवेदी सिग्देल र शिवकुमारी तिवारी सुवेदी चयन भएका छन् ।
कार्यक्रमका नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सह–सचिव अजय कार्कीलेसमाजले एकअर्कामा आपसी सहयोग आदानप्रदानमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेको हुन्छ भन्दै समाजका हरेक गतिविधिहरु निरन्तर सञ्चालनको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपकप्रसाद सुवेदी, कृस्ती पोखरा वचत तथा ऋण सहकारीका अध्यक्ष हस्तबहादुर थापा, समाजका संस्थापक अध्यक्ष श्रीबहादुर रानाभाट, सल्लाहकार झपिन्द्रराज रेग्मी, निवर्तमान अध्यक्ष पदमबहादुर थापा क्षेत्री, पोखरा महानगरपालिका सार्वजनिक लेखा समिति सभापति झपटबहादुर रानाभाटलगाएतले बोलेका थिए ।
समाजकी अध्यक्ष मीना रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष उमानाथ सुवेदीले र सञ्चालन सचिव पवित्रमणि भण्डारीले गरेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया