सरस्वती प्रतीक्षाको दोश्रो उपन्यास तयार, जेठ दोश्रो हप्तादेखि बजारमा

पोखरा ।
पोखरेली साहित्यकार सरस्वती प्रतीक्षाले दोश्रो उपन्यास लेखेकी छन् । मुक्तक, गजल र कवितामा जवरजस्त पहिचान बनाएकी प्रतीक्षा पछिल्लो समय आफूलाई उपन्यासकारको रुपमा स्थापित गर्दैछन् ।
पहिलो उपन्यास नथिया लेखेरे आख्यान लेखनमा प्रवेश गरेकी प्रतीक्षाले दोश्रो उपन्यासको नाम ‘स्व’ राखेकी छन् ।
मंगलबार (आज) विश्व पुस्तक दिवसको अवसरमा उनले नयाँ उपन्यासको कभर सार्बजनिक गरेकी छन् । दिउसो साँढे २ बजे तिर फेसबुकमा उपन्यासको कभर पोष्ट गर्दै उनले लेखेकी छन्– आज विश्व पुस्तक दिवस । यो खास दिनमा मेरो तर्फबाट एउटा खुसीको खबर… मेरो दोस्रो उपन्यास ‘स्व’ अब छिट्टै तपाईहरुको माझमा आउँदैछ…… ![]()

बुक हिलले प्रकाशन गरेको यो उपन्यास जेठ महिनाको दोश्रो हप्ता विमोचन गर्ने तयारी भैरहेको उपन्यासकार प्रतीक्षाले समाधानलाई बताईन् । पहिले काठमाण्डाैं विमाेचन गरेर त्यसपछि गृहनगर पोखरामा विमोचन गर्ने योजना रहेको पनि उनले सुनाईन् ।
लेखिका प्रतीक्षाका अनुसार यो कृति यथार्थ र स्वैरकल्पना मिश्रित उपन्यास हो । यो उपन्यास लेख्न झण्डै २ वर्ष लागेको उल्लेख गर्दै उनले दुई वर्षदेखिको तपस्या पुरा हुँदा निकै आनन्द महसुस भैरहेको बताइन् ।








सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया