‘लोकतन्त्रका लागि रेडियोको भूमिका महत्वपूर्ण’
पोखरा ।
लोकतन्त्र प्राप्तिका लागि रेडियोको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बुधबार रेडियो अन्नपूर्णले २३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रम ‘लोकतन्त्र प्राप्तिका लागि रेडियोको भूमिका’ नाम बिशेष कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले नेपालको सन्र्दभमा रेडियोको भूमिका उच्च रहेको बताए । उनले अहिलेसम्मका उपलब्धि लोकतन्त्र र संघीय गणतन्त्र प्राप्तिमा समेत रेडियोले विशेष भूमिका निर्वाह गरेको उनले सुनाए ।
गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले गणतन्त्र स्थापना र संघीयता बलियो बनाउन रेडियोले उल्लेखनीय भूमिका खेलेको जनाए । नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि रेडियोहरुले अहम् भूमिका खेलेको स्मरण गरे ।
नेकपा एमालेका केन्दीय सदस्य कृष्ण थापाले रेडियो आवजविहीनको आवाज बन्न सफल भएको तर्क गरे । गण्डकी प्रदेश सभा सदसय वेदबहादुर गुरुङले रेडियो अन्नपूर्णले स्थापना कालदेखि नै स्रोताको चाहनालाई विशेष ख्याल गरेको जनाए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले रेडियो अन्नपूणर्, पोखरा र यो क्षेत्रका लागि सुपरिचित सञ्चार मध्यम रहेको जनाए ।
कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, नेकपा (माओवादी केन्द्र) कास्की इन्चार्ज रामजी बराल ‘जीवन’, संस्कृतीकर्मी तीर्थ श्रेष्ठ, रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखे, स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, समाचार संयोजक आरजु बिष्ट सल्यानी, कार्यक्रम प्रस्तोता राजाराम पौडेल लगायतले बोलेका थिए । २०५८ वैशाख १२ गते स्थापना भएको रेडियो २३ औँ वर्ष पूरा भएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया