पुस्तक दिवस मनाइयो

पोखरा ।
र्यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान गरेको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पुस्तकका माध्यमबाट जीवन बुझ्न सघाउ पुग्ने धारणा राखे ।
युनेस्कोले मानव जातिको आवश्यकतालाई महसुस गरी विभिन्न दिवस घोषणा गर्ने क्रममा स्थापित पुस्तक दिवस निकै महत्वपूर्ण भएको बताए । पुस्तक दिवसले पठन संस्कृतिको विकासमा विशेष भूमिका खेलेको उनको भनाइ छ ।
कतिपयले पुस्तक देख्न नपाएका र देख्न पाए पनि पढ्न नपाएका व्यक्ति आज पनि विश्वमा रहेको प्रसंग कोट्याउँदै सरुभक्तले पढ्न बाँकी विश्वका मानिसले पनि पुस्तक पढन् पाउन् भन्ने कामना गरे ।
कार्यक्रममा उपस्थित करिब ५० जनाले एकापसमा पुस्तक साटासाट गरेर पुस्तक दिवस मनाएका थिए । सोसाइटी हरेक वर्ष २३ अप्रिलमा पुस्तक दिवसमा पुस्तक आदानप्रदानसँगै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सोही अवसरमा सोसाइटीले साहित्यकार प्रकट पगेनी ‘शिव’ को सम्झना पनि ग¥यो । शोकमा सोसाइटीले वैशाख महिनाको नियमित कार्यक्रम स्थगित गरेको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया