पैदल यात्रुलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ

पोखरा ।
पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेका मोटरसाइकल चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख ७ गते बेलुका साढे ६ बजे पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिक स्थित पृथ्वीराजमार्गको सडक खण्डमा पैदल हिँडेका ८ वर्षीय बालकलाई ठक्कर दिई फरार मोटरसाइकल चालकलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ स्थायी घर भइ हाल पोखरा कास्की भण्डारढिक बस्दै आएका बालकलाई भण्डारढिकबाट तालचोकतर्फ आउँदै गरेको ग १३ प २६९१ नम्बरको रातो पल्सरले ठक्कर दिएको थियो ।
ठक्कर दिएर फरार रहेका बागलुङ काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा स्थायी घर भई पोखरा २७ तालचोक बस्ने २५ वर्षी दिलबहादुर आले वैशाख १२ गते पक्राउ गरिएको डिएसपी शर्माले जानकारी दिए । उनलाई वडा प्रहरी कार्यालय डाँडाँकोनाकबाट थप अनुसन्धान प्रकृया अगाडी बढाइएको शर्माले जानकारी दिए ।








पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया