खेल्छ गण्डकी अभियानमा यू—१४ का ३५ जना बालक सहभागी

पोखरा ।
सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत सहारा एकेडेमीमा सञ्चालन भएको १४ वर्षमुनिका खेलाडीहरु सहभागी (यू–१४) फुटबल आवासीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा १७ दोविल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा आयोजित १० दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई बुधबार सहभागिताको प्रमाण—पत्र वितरण गर्दै समापन गरिएको क्लवका अध्यक्ष केशवराज बरालले बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनिया, सहारा क्लबका मानार्थ सदस्यहरु महेश गुरुङ, लोकबहादुर गुरुङ, मुछेत्र गुरुङ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको क्लवका सचिव टंक पौडेलले जनाए ।
उक्त प्रशिक्षणमा ८ देखि १४ वर्ष मुनीका विभिन्न ८ जिल्लाका ३५ जनाको सहभागिता रहेको क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उक्त प्रशिक्षणमा एकेडेमी सहित अन्य सहभागी भएको क्लबले जनाएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले प्रतिभावान खेलाडी उत्पादनमा यस्तो प्रशिक्षणले सहयोग पुग्ने बताए ।
पोखरा रंगशालामा कसले अपनत्व गर्ने त्यसको आधिकारीक जिम्मा नभएको उहाँले गुनासो गरे । परिषदका सदस्य एवं मञ्चका पूर्वअध्यक्ष केशव पाठकले तल्लो स्तरबाट खेलाडी उत्पादन गर्न परिषदले खेल्छ गण्डकी अभियान सञ्चालन गरेको बताए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया