इलाम-२ अपडेट: ८ हजार सदर मतमध्ये करिब आधा एमालेका सुहाङलाई

समाधान संवाददाता २०८१ वैशाख १६ गते २१:२१

इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मतगणना सकिएको छ।

Advertisement

वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ३७८३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। कुल ८०६३ सदर मतमध्ये उनले करिब ४७ प्रतिशत मत ल्याएका हुन्।

नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा १००१ ले बढी छ। खड्काले २७८२ मत ल्याएका छन्। यो सदर मतको करिब ३५ प्रतिशत हुन्छ। अहिलेसम्मको मतगणनाअनुसार ‘मूढा’ चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्। उनले ७८४ मत ल्याएका छन्।त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५६१ मत ल्याएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया