बझाङमा एमालेका भण्डारी ९ मतले अघि

समाधान संवाददाता २०८१ वैशाख १७ गते १०:५५

बझाङ प्रदेश सभा उपनिर्वाचनमा खसेको जारी मत गणनामा नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारीले अग्रता लिएका छन्। उनले ९८८९ मत ल्याएका छन्। अभिषेक सिंह

Advertisement

यहाँ यसअघि कांग्रेस उम्मेदवार अभिषेक सिंह अगाडि थिए। पछिल्लो मतगणनाको परिणाम आउँदा एमालेका भण्डारीले कांग्रेसका सिंहलाई ९ मतले अग्रता लिएका छन्। कांग्रेसका सिंहले ९८८० मत ल्याएका छन् भने माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३६५४ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४८५ मत ल्याएका छन्।

५० वडा रहेको यो क्षेत्रमा अहिलेसम्म ४१ वटा वडाको मत गणना सकिएको छ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया