रत्नशोभाका गुरुहरुलाई शिष्यहरुको सम्मान

लेखनाथ ।
पोखरा २८ माझठानाको रत्नशोभा माविमा अध्यानरत विद्यार्थीले आफ्ना गुरुहरुलाई सम्मान गरेका छन् । गुरुलाई गरिने सम्मान नै सबैभन्दा ठूलो सम्मान हो भन्दै रत्नशोभा माविमा विस २०४१ देखि २०४३ सम्मका भूपू विद्यार्थीहरुले आफूहरुलाई अध्यापन गराएका शिक्षकहरुलाई शनिबार सम्मान गरेका हुन् ।
भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रमको आयोजना गरी आफूहरुलाई शिक्षादीक्षा प्रदान गर्ने गुरुहरुलाई सम्झँदै विद्यार्थीहरुले शिक्षकहरुलाई सम्मान गरेका हुन् ।
पोखरा ३० को शिशुवा पार्टी प्यालेसमा भएको कार्यक्रममा विद्यालयका भूपू शिक्षकहरुलाई ढाका टोपी, खादा र मालाले सम्मान गरिएको हो । गुरुहरुले दिएको शिक्षाका कारण आफूहरु आज यो स्थानमा पुगेको भन्दै एक दर्जनभन्दा बढी शिक्षकहरुलाई सम्मान गरिएको हो ।
२०४१ देखि २०४३ सम्मको ब्याचले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानाध्यापक तोयनाथ लामिछाने,शिक्षक चिरञ्जीवी बञ्जरा, पदमराज ढकाल, बाबुराम केसी, ईन्द्रप्रसाद जैसी, दुर्गाप्रसाद लामिछाने, वर्तमान प्रधानाध्यापक गोपालबहादुर बुढाथोकी, संस्थापक विद्यालय व्यवस्थापन समितिका सदस्य रामलाल तिवारी, पहिलो ब्याज २०४३ एसएलसीका विद्यार्थी गुरुदत्त कोइराला र रमानाथ आचार्यलाई सम्मान गरिएको थियो ।
विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रको विकासमा सहयोग पुग्ने गरी आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले भूपू विद्यार्थीहरुले आफूले पढेको विद्यालयको शैक्षिक उन्नयनका लागि सक्दो सहयोग गरी गुणस्तरीय शिक्षाका लागि पहल कदमी लिनुपर्ने खाँचो औंल्याएका थिए ।
सोही अवसरमा भूपू शिक्षक तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफूले पढेको विद्यालयका लागि आर्थिक, भौतिक तथा शैक्षिक विकासमा सहयोग पुग्ने खालका कार्यक्रम ल्याउन अनुरोध गरेका थिए । संस्थापक प्रअ तोयनाथ लामिछानेले मातृभूमिको शैक्षिक विकासका लागि भूपू विद्यार्थीहरुले पैसा मात्र होइन भावनात्मक सम्बन्ध स्थापित गरी सरकारी निकायमा सहयोगका लागि पहल कदमी गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले सबैको साथ र सहयोगले विद्यालय अहिलेको अवस्थासम्म आएको र आगामी दिनमा पनि विद्यालको भौतिक तथा शैक्षिक विकासका लागि भूपू विद्यार्थीहरुले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अनुरोध गरेका थिए । पहिलो ब्याचका विद्यार्थी गुरुदत्त कोइरालाले आफूले पढेको विद्यालयप्रति सदैव उत्तरदायी भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका थिए ।
भेला आयोजक समितिका संयोजक शुक्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य हरिप्रसाद लामिछानेले भूपू विद्यार्थीको भेला गर्नुपर्नाको आवश्यकताबारे चर्चा गरेका थिए । महिला सदस्य नारायणी कोइराला र कालीदास भुर्तेलले हरेक असल कामको सुरुआत आफैबाट गर्नुपर्ने सुझाव राखेकी थिइन् ।
सोही अवसरमा भूपू विद्यार्थी भरतबहादुर खड्का, रामबहादुर गुरुङ, प्रेमप्रसाद अधिकारी, सूर्यप्रकाश तिवारी, हरिप्रसाद लामिछाने, प्रेमबहादुर खड्का लगायतले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया