‘मैले चाहेको शिक्षा’ शीर्षकमा प्रधानमन्त्रीलाई ३०० विद्यार्थीका पत्र

समाधान संवाददाता २०८१ वैशाख १७ गते १३:३३

पोखरा ।
कास्कीका ५ वटा पालिकाका १५ वटा सामुदायिक विद्यालयका ३ सय विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘मैले चाहेको शिक्षा’ शीर्षकमा पत्र पठाएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) कास्की र नागरिक समाजको अगुवाइमा विद्यार्थीहरुले लेखेको छुट्टाछुट्टै पत्र आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको हो ।

Advertisement


कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत गैसस महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, इन्सेकका शिव खकुरेल, गोनेसाका शिवप्रसाद शर्मा, महिला मानव अधिकार रक्षक सञ्जालकी केशु भुजेल लागायतको संयोजकत्वमा पत्र पठाइएको हो ।


रुपान्तरणकारी शिक्षा आजको आवश्यकता रहेको बालबालिका आशय रहेको शिक्षाका लागि राष्ट्रिय अभियान कास्कीका संयोजकसमेत रहेका गोनेसाका शर्माले जानकारी दिए । विद्यार्थीले शिक्षामा राज्यको बजेट कम भएको र विद्यालयमा राजनीतिक बढी शिक्षा कम हुँदा शिक्षाको गुणस्तर खस्किएको आशयको पत्र लेखेका छन् ।


विद्यालय र सिकाइ केन्द्रहरूमा अनलाइन शिक्षा, विद्यालयको पाठ्यक्रममा समसामयिक पुनर्विचार, परिमार्जन र शिक्षालाई दैनिक जीवनसँग जोड्दै शिक्षालाई गुणस्तरीय बनाउन विद्यार्थीहरुले माग गरेका छन् । शिक्षालाई समावेशी, जीवन उपयोगी बनाउनुपर्ने माग विद्यार्थीको छ । उनीहरुले पत्रमा मुलभूत मैले चाहेको शिक्षामा केन्द्रीत भएर राय राखेको संयोजक शार्मले जानकारी दिए ।


‘विद्यार्थीहरुले पठाएको पत्र हामीहरुले अध्ययन गर्दा बजेट कम भएको र सरकारले बजेट वृद्धि गरि गुणस्तरीय प्रविधिमैत्री, व्यवहारिक शिक्षा हुनुमा जोड दिएको संयोजक शर्माले बताए । शिक्षाका लागि राष्ट्रिय अभियान–नेपालले विद्यार्थीहरुलाई कस्तो शिक्षा आवश्यक छ’ भन्ने शीर्षकमा पत्र लेख्न आह्वान गरेको थियो ।

Advertisement


नेपालको सार्वजनिक शिक्षा सुदृढीकरणको अभियानमा क्रियाशील शिक्षाका लागि राष्ट्रिय अभियान तीनै तहका सरकारलाई जवाफदेही बनाउने उद्देश्यका साथ काम गर्दै आएको संयोजक शर्माले जानकारी दिए । यसले सन् २००३ देखि प्रत्येक वर्ष शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाउँदै आएको छ ।


शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहको समयमा सञ्चालन गरिने क्रियाकलापहरुले शिक्षा क्षेत्रका विभिन्न सवाल तथा समसामयिक विषयहरुमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराउँदै आएको छ ।

यस वर्ष पनि शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह ट्रान्सफर्मेटिभ एजुकेसन भन्ने मूल नाराका साथ २०८१ वैशाख १०देखि १४ मनाएको थियो । यसले देशभरका सामुदायिक विद्यालयबाट विद्यार्थीहरुको राय संकलन गर्ने संयोजक शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया