लेकसिटी कलेजमा समाज विज्ञान केन्द्र

समाधान संवाददाता २०८१ वैशाख १९ गते १३:१४

पोखरा ।
पोखरा ४ गैह्रापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा समाज विज्ञान केन्द्र स्थापना गरिएको छ । केन्द्रले कलेजमा अनुसन्धानात्मक कार्य प्रवद्र्धनका लागि काम गर्ने छ ।

Advertisement


समसामयिक विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सभा, सम्मेलन कार्यशाला आदि आयोजना समन्वय तथा सञ्चालन गर्ने तथा अध्ययन अनुसन्धान, परामर्श तथा परियोजना मूल्यांकन गर्ने जस्ता काम गर्ने केन्द्रका उद्देश्य छ ।


केन्द्रको संयोजक पृथ्वीनारायणका क्याम्पसका प्राध्यापक ठानबहादुर क्षेत्री छन् । उनी प्रकाशन प्रमुख पनि रहने छन् ।

Advertisement

सदस्यमा पृथ्वीनारायण क्याम्पसका डा रामचन्द्र बराल, डा, रामजी पोखरेल, पोखरा बहुमुखी क्याम्पसका सन्तोष पोखरेल, पश्चिमाञ्चल माध्यमिक विद्यालयका देवबहादुर क्षेत्री, नेपाल संस्कृत विश्वविद्यालयका डा. योगराज पौडेल, गण्डकी विश्वविद्यालयका लीलाराज लोहनी, अधिवक्ता लक्ष्मण शर्मा, गण्डकी विश्वविद्यालयका डा कपिल अधिकारी, लेकसिटी कलेजका क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठ र शिक्षक उपेन्द्र पौडेल छन् ।

केन्द्रको सल्लाहकारमा प्राडा लेखनाथ भट्टराई, प्राडा दुर्गा देवकोटा, गेहेन्द्रेश्वर कोइराला र प्राडा कृष्ण पौडेल छन् ।

Advertisement

तपाईको प्रतिक्रिया