गण्डकी प्रदेशमा राप्रपा प्रतिपक्ष बेन्च मै बस्ने
अधिकारी सरकारलाई विश्वासको मत दिदैनौं–राप्रपा प्रवक्ता श्रेष्ठ

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अहिलेको सत्ता गठबन्धनलाई केन्द्रदेखि तलैसम्म साथ नदिने पुरानो निर्णयमा पार्टी अडिग गरेको बताएका छन् ।
जारी केन्द्रीय कार्यसम्पादन समितिले पनि पुरानो निर्णयलाई परिवर्तन गरेर गण्डकीको सत्ता संकट टार्ने नाममा राप्रपाले विश्वासको मत नदिने श्रेष्ठले समाधानलाई बताएका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा अहिलेको सरकार विरुद्ध थप कडा आन्दाेलनमा जाने बारेमा छलफल भैरहेकाले प्रदेश सरकारलाई विश्वासको मत दिने विषयमा त छलफल नै नचलेको बताए ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र १ स्वतन्त्र सांसद गरी ३१ जनाको समर्थनसहितको पत्र प्रदेश प्रुमुख डिल्लीराज भट्टलाई बुझाएर चैत्र २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले चैत्र २५ भित्रै विश्वासको मत लिनु पर्ने छ । राप्रपाले समेत विश्वासको मत दिएमा अधिकारीकाे पक्षमा सभामुख बाहेक ३२ सांसदको समर्थन रहने छ । राप्रपा प्रतिपक्षमा बसेमा कांग्रेसका २७ र राप्रपाका २ गरी २९ सांसद विपक्षमा र सभामुखबाहेक ३० सांसद पक्षमा रहने छन् ।
यस्तो अवस्थामा दलको समर्थन प्राप्त गरेको र सभामुखलाई नगन्दा ५९ सांसदमा ३० लाई बहुमत मान्ने खालको आदेश सर्वोच्चले दिएकाले मुख्यमन्त्री अधिकारी पक्षले विश्वासको मत पुग्ने दावी गर्दै आएको छ भने प्रमुख प्रतिपक्ष कांग्रेस पक्षले बहुमत पुर्याउनका लागि ३१ सांसद पुग्नै पर्ने दावी गर्दै आएको छ । यो विवाद फेरि सर्वोच्चमा जाने सम्भावना कानुन व्यवसायीहरुले औल्याएका छन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया