पोखराका राजु आचार्यलाई ५० हजार पाउन्डको ह्विट्ली पुरस्कार

पोखरा ।
पोखराका राजु आचार्यले विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार प्राप्त गरेका छन् । बेलायती राजकुमारी एनले लन्डनको बुधबार एक कार्यक्रममा आचार्यलाई उक्त पुरस्कार हस्तान्तरण गरिन् । यो पुरस्कार संरक्षण र हरित क्षेत्रको ओस्कार सरह मानिन्छ । पुरस्कारको राशि ५० हजार पाउन्ड छ ।
आचार्य लाटोकोसेरो संरक्षण सक्रिय छन् । आचार्यसँगै विश्वभरका ६ जनाले यो पुरस्कार पाएका छन् । यो वर्ष आचार्यसहित ब्राजिल, भुटान, पपुवा न्युगिनी, क्यामरुन र गुयानाका संरक्षणकर्मीहरूले पनि सो पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कार पाएपछि आचार्यले भनेका छन्– ’मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । यो पुरस्कार ती सबै चराको लागि समर्पित छ जो दुर्लभ नभएकै कारण अनुसन्धान र संरक्षणकर्मीको आँखामा परेका छैनन् । बिनास्वार्थ लाटोकोसेरो संरक्षण अभियानमा जोडिएका सबैलाई मुरीमुरी धन्यवाद ।’
‘प्रकृतिका साथीहरू’ संस्थाको कार्यकारी निर्देशक समेत रहेका आचार्यले ३५ वर्षदेखि वन्यजन्तुको अध्ययन र संरक्षणमा योगदान गरेका छन् । १६ वर्षदेखि उनी लाटोकोसेरोको काममा बढी सक्रिय छन् ।
सो पुरस्कार आचार्यले गण्डकी प्रदेशमा प्रस्ताव गरेको लाटोकोसेरोको संरक्षणको काममा खर्च गने बताएका छन् । नेपाल सरकारले बनाएको १० बर्से ‘लाटोकोसेरो संरक्षण कार्य योजना’ले तोकेको कार्यहरूमा सो रकम खर्च हुनेछ ।
सो कार्यक्रमअन्तर्गत गुलेली नियन्त्रण, बुढा रुखको संरक्षण, कृत्रिम गुँडको वितरण तथा लाटोकोसेरोको अबैध चोरी सिकारी नियन्त्रण आदि छ । यो काम गर्न उनको समूहमा सोम जिसी र सुमन सापकोटा समेत छन् ।
आचार्यका लाटोकोसेरोसम्बन्धी ५ वटा पुस्तकहरू प्रकाशित छन् । नेपालबाट विद्युतीय रूपमा प्रकाशित हुने लाटोकोसेरोसम्बन्धी पत्रिका ‘हाप्सिलो’ का सम्पादक समेत हुन् आचार्य । यसका साथै उनका १२५ भन्दा बढी प्रकृतिसम्बन्धि फिचर लेखहरू प्रकाशित छन् ।
‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ पनि आचार्यकै नेतृत्वमा ११ वर्षदेखि सञ्चालन हुँदै आएको छ । आचार्यले ब्वाँसो, जंगली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना मांसाहारी, गिद्ध, कालिज, मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालय आदि क्षेत्रमा पनि काम गरेका छन् ।











न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया