कालो धुवाँ फाल्ने ११ वटा गाडी नियन्त्रणमा

पोखरा ।
कालो धुवाँ फाल्ने ११ वटा सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरा नगरभित्र सञ्चालित सार्वजनिक भाडाका सवारी साधनहरुले समयमा सर्भिसिङ नगर्ने, सवारी साधनको जाँचपास नगरेको कारण सवारी साधनबाट धुवाँ फाल्ने गरेका छन् । त्यस्ता सवारीलाई नियन्त्रणमा लिएको कास्की प्रहरीका निमित्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) तिलक मानन्धरले जानकारी दिए ।
‘सवारी साधनबाट उत्सर्जन प्रदूषणले वायु प्रदूषण गराउने भन्ने अत्यधिक जनगुनासो प्राप्त भएपश्चात बुधबारदेखि सञ्चालित अभियानकै रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई सवारी साधनहरु जाँच तथा कारबाही गर्ने क्रममा बिहीबार पनि नियन्त्रणमा लिएको हौं,’ इन्स्पेक्टर मानन्धरले भने ।
पोखरा नगर क्षेत्रभित्र चल्ने सवारी साधनहरु चेकजाँच गर्दा सवारी जाँचपास फेल भएका ९ वटा र जाँचपास नभएका २ वटा गरी पोखरा नगरभित्र सञ्चालित ११ वटा सार्वजनिक सवारी साधनहरु नियन्त्रणमा लिएका इन्स्पेक्टर मानन्धरले बताए ।
पोखरा ४ चिप्लेढुंगा पचोकमा बुधबार घुम्ती प्रदूषण अनुगमन एवं जाँच गरिएकोमा डिजेलबाट सञ्चालित ३५ वटा सवारी साधनहरुलाई जाँच गर्दा ३० वटा सवारी साधन फेल भएका थिए । ती सवारी साधनलाई नियन्त्रणमा लिई थप कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पोखरामा पठाइएको छ ।









सम्पादकीय—पोखराको ब्रान्ड ‘सडक महोत्सव’
रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया