लेनालाई नेसनल आइसिटी अवार्ड

समाधान संवाददाता २०८१ वैशाख २१ गते ११:०८

काठमाडौं ।
नेपाल सरकारले एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर (सिटिओ) लेनाकेशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा यो सम्मान प्रदान गरेको हो ।

Advertisement


बिहीबार राष्ट्रिय सभागृहमा आयोजित विषेश समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र समृद्ध नेपाल निर्माणको अभियानमा पु¥याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै १ लाख नगदसहित यो पुरस्कार प्रदान गरिएको हो ।


इन्जिनियरिङ क्षेत्रमा करियर सुरु गरेपछि कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी थिइन । अहिले उनी एक्टिङ सिटिओ छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् ।

Advertisement


एनसेलमा कार्यरत रही उनले टुजी, थ्रिजी, फोरजीको व्यापक विस्तार लगायत विभिन्न महत्वपूर्ण काम गरेकी छन् । कंसाकारले ग्रामीण क्षेत्रमा दूरसञ्चारको पँहुच, भिओएलटिइ सेवा विस्तार, डेटा सेन्टर स्थापना लगायतका दर्जनौ प्रोजेक्टको लागि नेतृत्व लिएर कार्य गरेकी छन् ।


काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक, जर्मनीबाट इन्फरमेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नाकोत्तर र पोखरा विश्वविद्यालयबाट इएमबिए अध्ययन गरेकी कंसाकारले आफ्नो पेशा र क्षेत्रमा लगनशील रही एनसेललाई देशको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा स्थापित गराउन योगदान गरेकी छन् ।

Advertisement


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा अन्य विभिन्न विधामा पनि पुरस्कार प्रदान गरेको थियो । प्युठानका डा. शैलेन्द्र गिरी नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित भएका छन् । वान प्वाइन्ट फाईनान्सियल सर्भिसेज्ले नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ पुरस्कार जितेको छ ।


मोनाल टेक ‘नेसनल आइसिटी स्टार्टअप अवार्ड २०२४’ बाट सम्मानित भएको छ । सामाजिक सुरक्षा कोषले नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्राप्त गरेको छ भने प्राइभेट सेक्टरमा डेटा हब यो पुरस्कारबाट सम्मानित भएको छ । प्रदेशस्तरबाट निजी क्षेत्रको डाइनामिक टेक्नोसफ्टले नेसनल आइसिटी अवार्ड २०२४ जितेको छ ।

तपाईको प्रतिक्रिया