आगलागी पीडित नैना दोहोरीलाई संघको सहयोग

पोखरा ।
आगिलागीबाट पूर्ण रुपमा क्षति भएको पोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी साँझलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ ।
संघको पहलमा संकलित २ लाख ११ हजार ६ सय १० रुपैयाँ राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वको टोलीले नैना दोहोरी साँझका सञ्चालक विष्णु आचार्य कमल र आचार्यका श्रीमती सुनीता आचार्यलाई प्रदान गरेको हो ।
नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले व्यवसायीहरु एक अर्कालाई परेको दुखमा साथ दिन तयार रहेको बताए । अर्कालाई परेको दुखपीडालाई पनि आफ्नै ठानेर सहयोग गर्नेहरुलाई उनले धन्यवाद दिए ।
नैना दोहोरी साँझका सञ्चालक सुनीता आचार्यले आफूहरुको पीडामा मलम लगाउने काम गरेकोमा सहयोगीप्रति धन्यवाद व्यक्त गरिन् ।
सहयोगका लागि राष्ट्रिय लोकदोहोरी व्यवसायी संघबाट ५५ हजार ५ सय ५५, नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघबाट ५० हजार, नेपाल रात्रिकालीन मनोरन्जन ब्यवसायी संघ कोटेश्वरबाट ५१ हजार, रात्रिकालीन मनोरन्जन व्यवसायी संघ चाबहिलबाट २० हजार, पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघबाट २५ हजार, गोधूलि दोहोरी साँझ बुटवलका सञ्चालक राम न्यौपानेबाट ५ हजार, मादी सेती दोहोरी साँझ दमौलीका सञ्चालक सुभद्रा श्रेष्ठबाट ५ हजार ५५ गरी जम्मा २ लाख ११ हजार ६ सय १० रुपैयाँ प्राप्त भएको पोखरा लोकदोहोरी व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार संघले अप्ठेरोमा परेका व्यवसायी तथा कलाकारहरुलाई कोरोनाको समयमा पनि सहयोग गरेको स्मरण गरे । सहयोग कार्यक्रममा पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघका सल्लाहकार चन्द्र गुरुङ, उपाध्यक्ष वीरेन्द्र केसी, कोषाध्यक्ष विष्णु गुरुङ लगायत सहभागी थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया