रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

समाधान संवाददाता २०८१ वैशाख २१ गते १२:४८

पोखरा ।
रानाभाट तथा भाट जातीमा रहेको अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा सूचीकृत गर्ने कार्य अन्तिम अवस्थामा पुगेको छ ।

Advertisement


बुधबार पोखरामा आयोजित एक कार्यक्रममा रानाभाट तथा भाट समाज नेपालका केन्द्रीय उपाध्यक्ष श्रीबहादुर रानाभाटले रानाभाट तथा भाट जाती सूचीकृतको अन्तिम अबस्थामा पुगेको छ । समाजको १० वर्ष देखिको मेहनतको फल प्राप्त हुन लागेको उनले बताए ।


रानाभाट तथा भाट समुदायले सूचीकृत नहुँदा ब्राह्मण र क्षेत्रीभित्र आफूलाई राख्दै आएका थिए । आफ्नो छुट्टै भेषभुषा र भाषा भएका विभिन्न थर र गोत्र भएका रानाभाट तथा भाट समुदायलाई छुट्टै जातिमा समावेश गर्नुपर्ने धारण राख्दै आएका समाजका बुद्धिजीवीले समाजको अभियानले सार्थक पाउनेमा आशावादी रहेको बताए ।

Advertisement


स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्णबहादुर रानाभाटले पुनः जागरण बेलाको समाजका गतिविधि बारेमा बताउँदै रानाभाट तथा भाटको आफ्नै मौलिक भाषा रहेको अध्ययनबाट तथ्य फेला परेको बताएकाले अब आफ्नो भाषाको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्ने आवश्यकता रहेकोे बताए ।


सो अवसरमा केन्द्रीय सदस्यहरु महेन्द्र रानाभाट, कृष्णबहादुर रानाभाट, प्रवासी नेपाली समाजका पूर्व अध्यक्ष राम रानाभाट, तनहुँ जिल्ला अध्यक्ष बेलबहादुर रानाभाट, कास्की जिल्ला संस्थापक अध्यक्ष तथा पवित्र सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटलगाएतले वोलेका थिए ।

Advertisement

प्रदेश समिति अध्यक्ष सुरज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय मिना रानाभाटले स्वागत र प्रेम रानाभाटले धन्यवाद तथा संचालन सचिव शिवबहादुर रानाभाटले गरेका थिए ।

तपाईको प्रतिक्रिया