पाेखरा ८ ले वडाध्यक्ष कप व्याडमिण्टन प्रतियोगिता गर्ने

समाधान संवाददाता २०८१ वैशाख २१ गते १३:५२

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ ले २४ र २५ गते वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा ५० वर्ष मुनिका, ५० वर्ष माथीका पुरुष र महिला गरी तिन विधामा प्रतिस्पर्धा हुनेछ ।


वडा ८ मा बस्ने पुरुष मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन् भने पोखराभित्र बसाेबास गर्ने सबै महिला सहभागी हुन पाउनेछन् ।


प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १० हजार र तृतिय हुने २ टिमले पाँच/पाँच हजार, प्रमाणपत्र र कप पाउने आयोजकले बताएको छ ।

Advertisement


२३ गते ५ बजेसम्म दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया