पोखरा जेसिजको सप्ताहः ट्राफिक सचेतना कार्यक्रम

पोखरा ।
पोखरा जेसिजले विभिन्न कार्यक्रम गर्दै जेसिज सप्ताह मनाइरहेको छ । बैशाख १९ देखि सुरु भएको जेसीज सप्ताहको छैटौैं दिन २४ गते जिल्ला प्रहरी कार्यालय अगाडि ट्राफिक सचेतना कार्यक्रम गरेर मनाएको हो ।
दिगो विकासका लागि युवा नेतृत्वभने उद्घोसका साथ सप्ताह मनाइरहेको अध्यक्ष देवराज शर्माले बताए । समुदायसँग जोडिएर जेसिज सप्ताह मनाइरहेको र सोमबार जिल्ला प्रहरी कार्यालय अगाडि ट्राफिक सचेतना कार्यक्रम गरिएको उनले जानकारी दिए । कार्यक्रमा ट्राफिक कार्यालयका सूचना अधिकारी मीन खड्काल लगायतको उपस्थित थिए । खड्कालाई जेसिसले सचेतात्मक सामग्रीहरु वितरण गरेको छ ।
पहिलो दिन बैशाख १९ गते सप्ताहको सुभारम्भ भएकोमा वैशाख २५ गते सप्ताह सकिनेछ । शुभारम्भको अवसरमा नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार कार्यालय जेसिसले गरेको थियो । दोस्रो दिन पोखरा महानगरपालिका–१० मा महिला सशक्तीकरण तथा सार्वजनिक भाषणकला सम्बन्धि तालिम आयोजना गरिएको छ । तेस्रो दिन आर्थिक विकास समृद्धिको आधारः वर्तमान परिस्थिति, सम्भावना र चुनौती विषयमा अन्तरक्रिया आयोजना गरेको थियो । चौंथो दिन पोखरा–३३ को शान्ती उदय माविमा निशुल्क स्वास्थ्य तथा दन्त शिविर गरेको हो । पांचौ दिन पोखरा–१८ को मणिज्योती आधारभुत विधालयमालाई पुस्तकालयमा कम्प्युटर, शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गरेको थियो ।
छैठौं दिन सोमबार पोखराका विभिन्न स्थानमा ट्राफिक र साइबर क्राइमबारे जनचेतना प्रदान गरेको हो । सप्ताहको अन्तिम दिन वैशाख २५ गते गण्डकी युवा वक्तासँगै समापन कार्यक्रम गरिने जनाइएको छ । दिगो विकासका लागि युवा नेतृत्व विषयमा हुने वक्तित्वकला प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछ । तेस्रो र सान्त्वना हुनेले ८ हजार र पाँच हजार रुपैयाँ जित्नेछन । पोखरा जेसिजले सन् २००९ देखि विभिन्न सामाजिक गतिविधिमा काम गर्दै आइरहेको छ । सन् २०२० पछि हरेक वर्ष जेसीज सप्ताह मनाउन थालिएको हो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया