बाराही जंगल लजले गर्यो निकुञ्ज क्षेत्रमा सरसफाइ

चितवन ।
बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा अवस्थित बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ ।
लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिए । उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।
लजले यस खालको सरसफाइ हरेक वर्ष गर्दै आइरहेको थनेतले बताए । रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ । रिसोर्टले वातावरण संरक्षणलाई विशेष जोड दिएकाले ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको (आउटस्ट्यान्डिङ प्राक्टिस) बिधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ ।
हालै ‘आइएसओ–१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस)सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ । चितवन मेघौलीमा रापती नदी किनारमा रहेको लज जंगल थिममा बनेको छ ।
१२ हेक्टर भूभागमा विस्तार भएको यस लज परिसरमै बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा गैडा, बाघ, भालु, गोही लगायत विभिन्न प्रजातिका जरायो र पन्छीहरु रमाएको दृश्यावलोकन गर्न सकिन्छ । सन् २०१३ देखि सञ्चालनमा आएको यस रिसोर्ट वातावरणीय दृष्टिकोणले पनि निकै नै मनमोहक छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया