तालचोकको सातताल दोहोरी साँझका सञ्चालक पक्राउ
समाधान संवाददाता
२०८१ वैशाख २६ गते १६:३६

पोखरा ।
कुटपिट गरी गम्भीर घाईत बनाएको आरोपमा एक जनालाई ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकले सोमबार पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.२७ तालचोक स्थित रहेको सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका सञ्चालक सुनिल बस्नेत पक्राउ परेका हुन् ।
गत २२ गते रेष्टुरेन्टमा गएका तेज बहादुर गुरुङलाई बस्नेतले कुटपिट गरी गम्भीर घाईते बनाएको जाहेरीका आधारमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कास्की जिल्ला अदालतबाट ज्यानमार्ने उद्योग मुद्धामा दिन ८ (आठ) को म्यादथप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया