लिटल फ्लावर स्कुलले मनायाे रेडक्रस दिवस
समाधान संवाददाता
२०८१ वैशाख २७ गते १४:००

लेखनाथ ।
पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विश्व रेडक्रस दिवसका अवसरमा विविध कार्यक्रमहरु भएका छन् ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको थियो । माता तीर्थ औंसी विशेष कार्यक्रम तथा सदन विभाजन पनि गरिएको थिए ।
विद्यार्थीहरुको भेलाले बुधवार रेडक्रस सर्कल गठन गरेको छ । सर्कलको अध्यक्षमा सुदिक्षा पौडेल, उपाध्यक्षमा स्मृति विक, सचिवमा रिमिशा भण्डारी, सहसचिवमा सखी तामाङ, कोषाध्यक्षमा अस्मिता गुरुङ चयन भएका छन् । सदस्यमा रोहित सुनार, रोहित गुरुङ, समृद्धि ठकुरी, ज्याक्सिना क्षत्री, साइमन विक, प्रतीक परियार, अर्नव भण्डारी, दीक्षा सापकोटा, जस्मिन शाह, युनिका पुरी र राजिव विक छन् ।
प्रिन्सिपल विकल पौडेल संरक्षक तथा शिक्षक रामभक्त खनाल शिक्षक नायक र लक्ष्मी घिमिरे शिक्षक सहनायकमा चयन भएका छन् ।
रेडक्रस मानवीय उद्धार र सहयोगको क्षेत्रमा अग्रणी संस्था भएकाले निस्वार्थ भावनाले काम गर्न आग्रह गर्दै कक्षा ११/१२ संयोजक विष्णुहरि पौडेलले रेडक्रसको स्थापनाको पृष्ठभूमि तथा सिद्धान्तका बारेमा स्पष्ट पारेका थिए ।
विद्यालय इञ्चार्ज रामप्रसाद अधिकारीले शुभकामना दिएका थिए । कक्षा ८ की अर्माली पौडेलले रेडक्रसका बारेमा कविता वाचन गरेकी थिइन् । कार्यक्रम संञ्चालन अतिरिक्त कृयाकलाप प्रमुख विचित्र न्यौपानेले गरेका थिए । विद्यालयमा हाल छ सय ५० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
सम्बन्धित







शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया