आमाको सम्झनामा अम्बिकाको गीत

पोखरा ।
मातातीर्थ औंसीको अवसरमा गायिका अम्बिका भण्डारीको नयाँ गीत बजारमा आएको छ । यही वैशाखमा सासूआमा र केही वर्षअघि आमा गुमाएकी अम्बिकाले आमाहरुप्रति समर्पित गर्दै ‘आमाको मन’ बजारमा ल्याएकी हुन् ।
उनको आफ्नै युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको हो । विदेश जाने छोराछोरी र आमाको पीडा गीतमा समेटिएको छ । गायिका भण्डारीका छोराबुहारी र छोरीसमेत यही वर्ष परदेशिएका छन् ।
गायिका अम्बिकाले आफ्नो जस्तै धेरै नेपालीका पीडालाई गीतमार्फत् अभिव्यक्त गरेको सुनाइन् । ‘आमा औंसी यता आमाहरु, विदेशमा छोराछोरी भक्कानिने दिन बनेको छ । सबै आमाहरुप्रति समर्पित यो गीत पाठकले मन पराइदिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।
गीतमा शब्द र स्वर भण्डारीसँगै रामजी पौडेलको छ । गीतको कोरसमा अनिल चापागाई, प्रकाश पौडेल, माया केसी, रोशनी घर्तीले साथ दिएका छन् । म्युजिक भिडियोको एरेन्ज दिवश थापामगर र निर्माता गोपाल भण्डारी छन् ।
बाँसुरी डिजिटल स्टुडियो पोखरामा गीत रेकर्ड भएको हो । भिडियोमा अभिनय रमेश भण्डारी, अम्बिका भण्डारी, राम भण्डारी, सुहाना भण्डारी लगायतको छ । नृत्य रश्मि भण्डारी, प्रमिसा भण्डारी, सुनिधी शर्मा, मनिसा सुनार, निर्देशन शिवराज भुर्तेल लगायतले गरेका छन् ।
सप्तरंगी साहित्य समाजकी अध्यक्षसमेत रहेकी अम्बिकाका दुई दर्जनभन्दा बढी गीत र ४ पुस्तक प्रकाशित छन् ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया