कोन सहकारीको ल्याब परीक्षणमा १५७ सहभागी

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ कुँडहरस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य सचेतना तथा ल्याब परीक्षण सम्बन्धी कार्यक्रम शुक्रबार गरेको छ ।
रजत जयन्तीको अवसरमा सहकारीले आफ्नै भवनमा स्टार डाइग्नोसिस सेन्टर प्रालिको प्राविधिक सहयोगमा ल्याब परीक्षण कार्यक्रम गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीको शिक्षा उपसमितिद्वारा आयोजित कार्यक्रममा १५७ जना सहभागी भएका थिए ।
वडा नम्बर १३ का वडा अध्यक्ष किरण बरालले सचेतना तथा ल्याब परीक्षण कार्यक्रमले सदस्य तथा जनतालाई ठूलो गुण लगाएको बताए । वडा अध्यक्ष वरालले कोन सहकारीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन उल्लेखनीय कार्य गर्दै आएको चर्चा गरे ।
कोन सामुदायिक बचत तथा ऋण सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेतले स्वागत तथा कार्यक्रमकोबारे जानकारी दिए । पोखरा महानगरपालिका वडा न १० स्थित स्टार डाइग्नोसिस सेन्टर प्रालिका डा लक्ष्मण बास्तोलाले रगत जाँच गरेर हुने राम्रा पक्षको बारेमा जानकारी दिएको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक खड्कबहादुर गुरुङ (खुसीमान)ले सञ्चालन गरेका थिए ।
सोही दिन स्टार डाइग्नोसिस सेन्टरमा हुने ल्याव परीक्षणमा ५० प्रतिशत छुट हुने गरी कोन सहकारीले सम्झौता गरेको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया