निरमायालाई रुपाहिल फुटसल उपाधि

पोखरा ।
पोखरामा भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ए साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ । शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित गर्दै उपाधि जितेको हो ।
निरमायाको जितमा गुप्त गुरुङले निर्णायक गोल गरे । उपाधि चुमेको निरमायाले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको आयोजक रुपाहिलले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा गर्यो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी रुपाहिल दोहोरी साँझका चन्द्र गुरुङ (तमु मुन), उत्कृष्ट गोल रक्षक निरमारया दोहोरी साँझका रोशन गुरुङ र सर्वाधिक गोलकर्ता निरमाया दोहोरी साँझक गुप्त गुरुङले नगद १÷१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पोखरामा शुक्रबारबाट सञ्चालन भएको प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगितामा १२ दोहोरी साँझको सहभागिता थियो । फुटसल प्रतियोगिताको समापन समारोहमा पोखरा महानगरपालिका् १० का वडाध्यक्ष राजेश गुरुङले अन्तरदोहोरी साँझस्तरीय फुटसल प्रतियोगिताले दोहोरी साँझका सञ्चालक, कलाकार, कर्मचारीबीच एकआपसमा भाइचाराको सम्बन्ध बढेर जाने बताए ।
वडाध्यक्ष गुरुङले खेलकुद उपाधिका लागि मात्र नभएर स्वास्थ्यका लागि समेत अनिवार्य रहेको बताए । कार्यक्रम रुपाहिल दोहोरी साँझका अध्यक्ष सुवास गुरुङको अध्यक्षतामा भएको हो ।
तपाईको प्रतिक्रिया