सम्पादकीयः हरिचोक—याम्दी सडकको बिजोग

पोखराको हरिचोकबाट हेम्जाको प्रवेशद्वार याम्दीको दुरी २ किलोमिटर छ । यति छोटो सडक स्तरोन्नतिको काम २ वर्षमा पनि पूरा भएको छैन । हरिबिजोग छ सडकको । स्थानीय दबाब दिएका छैनन् कि जनप्रतिनिधिले । तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ । साविक धौलागिरी क्षेत्रबाट पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गको अवस्था दुर्दशापूर्ण छ । स्थानीयवासी पनि धुलो र हिलोले हैरान छन् । यातायातका साधन गुड्न मुस्किल छ । यातायातका साधन यस्ता सडकमा गुड्दा नै थोत्रिने । अनि यात्रुलाई हुने सास्ती पनि भनिसाध्य छैन ।
याम्दीपछि मध्यपहाडी लोकमार्ग भनेर फराकिलो सडक ४ लेनको बनेको छ । हरिचोकभन्दा तल पनि फराकिलो सडक छ जिरोकिमीसम्मै । तर बीचको खण्ड भने अलपत्र छ । ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउने काम पनि भएको छैन । काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले हो त्यो सडक निर्माणको जिम्मा पाएको । त्यसैले गरेको छ त्यहाँ अटेरी ।
अनि कन्तबिजोग बनाएर सडक अलपत्र छाडेको छ । २ वर्षभित्र निर्माण सक्नुपर्ने थियो । तर सुरु नै नभएको होइन कि बिगारेर, भत्काएर चौपट पारिएको छ । यो सडक खण्ड त्यही हो, जहाँबाट साविक धौलागिरीका बासिन्दामात्रै ओहोरदोहोर गर्दैनन्, मुस्ताङ जाने पर्यटक पनि यही बाटो नगई धरै छैन । बागलुङ हुँदै रुकुम पूर्व पनि यही बाटो हुँदै गइन्छ ।
निर्माण कम्पनीले भुक्तानी पाएको छैन भने मध्यपहाडी लोकमार्ग आयोजनाको पर्वत कार्यालयले त्यो समस्या सुल्झाउनुपर्छ । पोखराका स्थानीय जनप्रतिनिधिको बसको बात होइन हो । संघीय जनप्रतिनिधिले नै भुक्तानीका लागि पहल कदमी लिनुपर्छ । पर्वत, पोखरा वा जहाँका प्रतिनिधिले पहल लिए पनि हुन्छ । तर त्यही सडकबाट गुज्रने कतिपय जनप्रतिनिधिले त्यता ध्यान पुर्याएका छैनन् ।
आफैले दुख पाएर यात्रा गर्दा पनि वास्ता नगरेको सडक जनताका लागि उनीहरु के गर्थे भन्नेजस्ता गुनासा पनि छन् । सरकारले यस्ता महत्वपूर्ण सडक खण्डलाई बिचमै अलपत्र पार्नु हुँदैन । थोत्रा सडकमा गुड्दा गाडी थोत्रिएर हुन नाक्सानी पनि राज्यकै हो । जनताले दुख पाएका छन् भने त्यसबाट तार्ने प्रमुख कर्तव्य झन् राज्यकै हो ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया