प्रजनन् स्वास्थ्यबारे अभिमुखीकरण
समाधान संवाददाता
२०८१ वैशाख ३० गते १२:१०

पोखरा ।
अपांग महिला सशक्तीकरण केन्द्र कास्कीले गुणस्तरीय प्रजनन् स्वास्थ्य र अधिकारको बारेमा विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम गरेको छ । पोखरा २६को सिर्जना बहिरा मावि लेखनाथ, पोखरा १२ को अमरसिंह मावि भएको कार्यक्रममा ९१ विद्यार्थी र ९ शिक्षक तथा कर्मचारीको सहभागिता रहेको केन्द्रका अध्यक्ष अञ्जना केसीले जानकारी दिइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष केसी, महासचिव सम्झना गुरुङ, कर्मचारी सरिता केसीले सहजीकरण गरेका थिए । कार्यक्रममा अध्यक्ष केसीले अपांगताको परिभाषा तथा प्रकार, महिनाबारी, सुरक्षित गर्भपतन, परिवार नियोजनका साधनको प्रयोग, पाठेघर र स्तन क्यान्सरको बारेमा सहजीकरण गरिएको बताइन् ।
सहभागी विद्यार्थीले महिनाबारी भएको अवधिमा भोग्नुपरेको समस्या र सरकारी स्वास्थ्य संस्था अपांगमैत्री नहँुदा सेवा लिन भएको कठिनाइबारे बोलेका थिए ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया