कालिका महिला समुहको अध्यक्षमा अप्सरा

समाधान संवाददाता २०८१ वैशाख ३० गते १२:५५

लेखनाथ ।
कालिका महिला समुह पोखरा–२७ को अध्यक्षमा अप्सरा बराल चयन भएकी छन् । शनिबार सम्पन्न संस्थाको १५ औं साधारण सभा तथा चौंथो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

Advertisement


समितिको उपाध्यक्षमा प्रभा घिमिरे, सचिवमा सीतादेवी लामिछाने, सह–सचिवमा विद्या शर्मा र कोषाध्यक्षमा सविता भण्डारी छन् । सदस्यमा सरस्वती लामिछाने, शोभा ढकाल, गंगा देवकोटा, शर्मिला तिवारी, शुसिला क्षेत्री, पार्वती पराजुली र कल्पना अधिकारी छन् ।


नयाँ कार्यसमिति चयनको लागि संस्थाका सल्लाहकार हेमन्त अधिकारीको संयोजकत्वमा लक्ष्यबहादुर खत्री र हेमबहादुर ढकाल सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो ।

Advertisement


राष्ट्रिय परोपकार महासंघ नेपालका संस्थापक अध्यक्ष भागवत भाष्कर पं. कमलनयन गौतमले परोपकार र मानवता नै सबैभन्दा ठुलो धर्म भएको बताउँदै जीवनमा अवलम्बन गर्नुपर्ने बताए ।


विदेशी संस्कृतिको प्रभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै विकृतीलाई निरुत्साहित गर्न सबै जना सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापती राजेन्द्रमणी लामिछाने, नेकपा एमाले पोखरा–२७ का अध्यक्ष सूर्यमणी लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, संस्थाका सल्लाहकार प्रेमप्रसाद बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement


संस्थालाई स्थापनाकालदेखी विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने संस्थाका नयाँ सदस्यलाई स्वागत गरिएको थियो ।


समुहकी अध्यक्ष कृष्ण शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य सीतादेवी लामिछानेले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष अप्सरा बरालले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया