पोखरा नर्सिङ क्याम्पसले मनायो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

समाधान संवाददाता २०८१ वैशाख ३० गते १८:१५

पोखरा, ३० वैशाख
अन्र्राष्टिय नर्सिङ दिवसको अवसरमा पोखरा नर्सिङ क्याम्पसमा आइतबार कार्यक्रम भएको छ । साँस्कृतिक, नाटक, पोस्टर र हाजिरि जवाफ प्रतियोगिता लगायतका कार्यक्रम भएका थिए ।

Advertisement


पोस्टर प्रतियोगितामा ब्याचलर इन नर्सिङ साइन्स दाेस्राे वर्ष प्रथम, बिएससी तेस्रो वर्ष द्धितिय, ब्याचलर इन नर्सिङ साइन्स तृतिय र मास्टर इन नर्सिङ चौथो भएका थिए ।


हाजिरिजवाफ प्रतियोगितामा प्रथम ओरेन्स हाउस, दोस्रो नाइटिंगेल हाउस र तृतिय हेन्डरेसन हाउस भएका थिए ।

Advertisement


कार्यक्रममा क्याम्पस प्रमुख प्रध्यापक नीता ताम्रकार, सहायक क्याम्पस प्रमुख तथा नान कास्कीका सचिव सहायक प्रध्यापक शारदा शर्मा लगायतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया