फेवातालकाे जलकुम्भी हटाउन सुरू
समाधान संवाददाता
२०८१ वैशाख ३० गते १८:५७

पोखरा ।
फेवातालमा जलकुम्भी झार फैलिएपछि आइतबार सरसफाई गरिएको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी“ भन्ने मुल नाराका साथ सरसफाई गरिएको हो ।
नागरिक महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलको अध्यक्षतामा र सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हे.क्वा कास्कीका गणपति एसपी अरुण पौडेल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सशस्त्र प्रहरी, नेपाली सेना, पोखरा महानगर प्रहरी, स्थानीय आमा समुह, नागरिक समाज, पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाको सहकार्यमा सरसफाई गरिएको पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए ।
सोमबारदेखि जलारी समुदायले ज्याला सहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने वडाध्यक्ष भट्टराईले बताए ।
सम्बन्धित









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया