लोकतान्त्रिक यातायात व्यवसायीमा बलराम

समाधान संवाददाता २०८१ वैशाख ३१ गते ११:०९

पोखरा ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन भएको छ । अधिवेशनले अध्यक्षता बलराम सापकोटाको नेतृत्वमा ३५ सदस्यीय गण्डकी प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्ष भरत मल्ल, सचिव शोभाकान्त पौडेल, उपसचिव रामचन्द्र शर्मा र कोषाध्यक्ष रवीन्द्र श्रेष्ठ छन् ।

Advertisement


प्रदेश कमिटीको सदस्यमा अनिल थापा, रामजी घिमिरे, डिलबहादुर नेपाली, जीतबहादुर गुरुङ, हेमराज सुवेदी, तुलसी दाहाल, सूर्यबहादुर शाही, तेजनारायण सुवेदी, कृष्णचन्द्र वाग्ले, ध्रुवराज अकेला, नरेश क्षत्री, रमेश अधिकारी, कृष्ण भण्डारी चयन भएको अध्यक्ष सापकोटाले जानकारी दिए । कमिटीको सल्लाहकारमा लीलाधर बराल, नरेन्द्रनाथ ढुंगाना छन् ।


गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्न ध्यान दिने बताए । सार्वजनिक यातायातको क्षेत्रमा निजी क्षेत्रको लगानी भएको उल्लेख गर्दै उनले लगानीको संरक्षण र यातायात व्यवसायीको सवाललाई सम्बोधन गर्ने जानकारी दिए ।

Advertisement


कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय कमिटीका सदस्य चुडामणि जंगली, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष श्रीप्रसाद मैनाली, महासचिव डेगनाथ गौतम, नेकपा (एमाले ) जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, पृथ्वीराजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी लगायतले सार्वजनिक यातायात क्षेत्रको बारेमा बोलेका थिए । संगठन नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको महत्वपूर्ण घटक संगठन हो ।

Advertisement

तपाईको प्रतिक्रिया