लेखनाथमा वालिङ उद्योग वाणिज्य संघ टोली

समाधान संवाददाता २०८१ वैशाख ३१ गते ११:५०

लेखनाथ ।

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघले वालिङ उद्योग वाणिज्य संघका भ्रमण दलका सदस्यलाई स्वागत, परिचयात्मक तथा अन्तक्र्रिया गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ लगायत नेपालको पूर्वी भागमा रहेका विभिन्न उद्योग वाणिज्य संघका गतिविधि र अनुभव आदानप्रदान गर्ने र पर्यटन प्रवद्र्धनको उद्देश्यसहित भ्रमण आयोजना गरिएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।

Advertisement


एकै वर्ष वि सं २०५४ सालमा स्थापना भएका दुई संघबीच २०६२ फागुन १२ देखि भगिनी सम्बन्ध छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम गिरी र लक्ष्मीप्रसाद त्रिपाठीले दुई संघ बीचको सम्बन्ध र महोत्सवबारे चर्चा गरे ।

वालिङ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति र महिला उद्यमी विकास समितिका सदस्य एवं कर्मचारीसमेत गरी २७ जनाको भ्रमणा थिए ।

Advertisement

तपाईको प्रतिक्रिया