पोखरा १६ ले भेन्डिङ मेसिन बाँड्यो

समाधान संवाददाता २०८१ वैशाख ३१ गते १२:०९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १६ ले वडा भित्रका सामुदायिक विद्यालयलाई भेन्डिङ मेसिन वितरण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई लक्ष्य गरी सेनेटरी प्याडका लागि वडाका जनप्रतिनिधिले बजेट विनियोजन गरी सो मेसिन वितरण गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

Advertisement


वडाभित्रका सामुदायिक विद्यालय र क्याम्पस गरी ६ वटा शैक्षिक संस्थाहरूलाई वडा शिक्षा समितिको रोहवरमा सामाग्री हस्तान्तरण गरिएको वडा सचिव श्रीराम पौडेलले बताए ।

सो मेसिन विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, विन्ध्यवासिनी क्याम्पसका माधव अधिकारी, ईन्द्रराज्य लक्ष्मी माविका प्रधानाध्यापक केशवप्रसाद अम्गाई, शान्ति माविका रेखा लम्साल, अन्नपूर्ण माविका भीमप्रसाद सुवेदी र ज्ञानज्योति माविका प्रधानाध्यापक यमबहादुर कार्कीलाई वडामा वितरण गरिएको हो ।

Advertisement


कार्यक्रममा वडा अध्यक्ष तिमिल्सिनाले विद्यालयमै प्याड सहज रूपमा प्राप्त गर्न सकिने र विद्यालय पढ्ने छात्रालाई यसले सघाउ पुग्ने विश्वास व्यक्त गरे । विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वडाभित्रका सामुदायिक विद्यालयको सुधारका लागि एकै खालका योजना बनाउन सुझाव दिए ।


सहभागी जनप्रतिनिधि रामचन्द्र आचार्य, राजकुमारी बानियाँ, मञ्जु नेपाली लगायतकाले शिक्षा समितिले कार्ययोजना बनाई एकरूपता दिनुपर्ने खाँचो औंल्याएका थिए । सो मेसिनका लागि करिव २ लाख बजेट विनियोजन गरिएको बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया