हेमजामा सर्प संरक्षण सम्बन्धी सचेतना

पोखरा ।
आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नम्बर २५ को सहयोग तथा सर्प संरक्षण समाजको सहकार्यमा भएको जनचेतना मूलक कार्यक्रममा २ सय ५० जनाको सहभागिता थियो ।
विषालु र अविषालु सर्प कसरी चिन्ने, सर्पबाट हुने फाइदा, यसबाट वच्ने उपायका विषयमा कार्यक्रम जानकारी दिइएको थियो ।
कार्यक्रममा सर्प संरक्षण समाजका अनुसन्धाता एवं सर्प संरक्षणकर्मी ऋषि बरालले नेपालका विषालु सर्पहरु पहिचान, सर्प दंश र त्यसको व्यवस्थापन, सर्प संरक्षण समाजका आजीवन सदस्य सर्प संरक्षकर्मी केशवराज सापकोटाले आफ्ना अनुभव र सर्प संरक्षण समाजका सदस्य अभिषेक सापकोटाले कास्की र हेमजामा पाइने विभिन्न प्रजातिका सर्पहरुका वारेमा सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रममा सम्पूर्ण हेमजावासीको तर्फबाट विगत ३५ वर्षदेखि वन्यजन्तुको अध्ययन, अनुसन्धान एवं लाटोकोसेरो संरक्ष अभियानमा सक्रिय प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यलाई सम्मान गरिएको थियो ।
आचर्यलाई पोखरा महानगरपालिका प्रवक्ता तथा पोखरा—२५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले सम्मानपत्र, पोखरा महानगर पालिका कार्यपालिका सदस्य तथा पोखरा—२५ हेमजाकी वडा सदस्य धनकुमारी पोख्रेल तिम्सिनाले दोसल्ला, आदर्शमणि टोल विकास संस्थाका अध्यक्ष दानबहादुर भुजेल तथा अनुसन्धानकर्मी, सर्पसंरक्षकर्मी ऋषि बराल र सर्प संरक्षणकर्मी केशवराज सापकोटाले अबिर लगाएर सम्मान गरेका थिए ।
वेलायती राजकुमारी एनबाट हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित भएकोमा आचर्यलाई हेमजामा सम्मान गरिएको हो । आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर स्वरुप ५० हजार पाउण्डको राशि प्रदान गरिएको थियो ।
पोखरा महानगर पालिका प्रवक्ता तथा पोखरा—२५ हेमजाका अध्यक्ष मोतीलाल तिम्सिनाले प्रकृतिमा रहेका हरेक जिव जन्तुको आ—आफ्नै महत्व रहने बताए ।
‘वडाले सर्प संरक्षकर्मीसँग सहकार्य गरेर पहिलो पटक फरक खालको कार्यक्रम गर्ने अवसर मिलेको छ,’ उनले भने, ‘समाजमा आवश्यकता तर ओझेलमा परेका यस्ता खालका कार्यक्रम प्रत्यक ठाँउमा हुनु पर्ने अहिलेको आवश्यकता हो ।’
कार्यक्रममा सम्मानित व्यक्तित्व प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले संरक्षणकै कार्यक्रममा आफू हेमजा सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्दै हरेक जीवजन्तुको संरक्षणको खाचो रहेको उल्लेख गरे । आदर्शमणि टोल विकास संस्था हेमजाका अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाशचन्द्र सापकोटाले गरेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया