अग्निपीडितलाई युनाइटेडको सहयोग

समाधान संवाददाता २०८१ वैशाख ३१ गते १२:१५

पोखरा ।
युनाइटेड क्लब पोखराले बागलुङ नगरपालिका १२ डाँडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । गत वैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डाँडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्ट भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद व्यवस्थापन कोषमार्फत राहत स्वरुप झण्डै १ लाख बराबरको आर्थिक सहयोग गरेको हो ।

Advertisement


युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले २०७२ को बिनाशकारी भूकम्प पश्चात विपदको क्षेत्रलाई समेट्ने गरी छुट्टै विपद व्यवस्थापन कोष निर्माण गरी अगाडि बढेको बताए ।


उक्त कार्यक्रममा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाजबाट समेत आर्थिक सहयोग प्रदान गरिएको थियो ।

Advertisement

बागलुङ समाज पोखराबाट ३१ हजार १० र अर्जेवा पोखरा समाजबाट संकलित २० हजार रुपैयाँ बाग्लुङ समाज पोखराका अध्यक्ष ठाकुरप्रसाद सापकोटा र पदाधिकारीद्वारा आगलागी प्रभावितहरुलाई प्रदान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया