प्रादेशिक ऐनबारे अभिमुखीकरण

समाधान संवाददाता २०८१ वैशाख ३१ गते १६:२४

पोखरा ।
स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले अपांगतासम्बन्धी प्रादेशिक ऐन तर्जुमा प्रक्रियाको क्रममा स्थानीय अपांगता भएका व्यक्तिको संस्थाको क्षमता विकाससम्बन्धी अभिमुखीकरण गरेको छ ।

Advertisement


मोबीलिटी इन्टरनेसनल युएसएसँगको साझेदारीमा केन्द्रले मुस्ताङका विभिन्न पालिका अपांग अधिकारकर्मीलाई पोखरामा कार्यक्रम गरेको हो । अपांगता अधिकार ऐन तर्जुमाका लागि केन्द्रले अपांगता अधिकारकर्मीको नेतृत्वको वकालत परियोजना अन्तर्गत कार्यक्रम गरेको अध्यक्ष हेमबहादुर गुरुङले जानकारी दिए ।


‘प्रस्तावित ऐन बनाउनका लागि सम्बन्धित विषयवस्तु, प्रक्रिया आवश्यक सम्भावित सवालका सुझाव संकलन गरिएको छ,’ उनले भने, ‘सबै सरोकारवालाको सहभागिता र अपनत्वमा बनेको ऐन, कानुनको प्रभावकारी कार्यान्वयन हुन्छ ।’ उनले प्रदेश सरकारले बनाउने ऐनमा समावेशी शिक्षा, स्वास्थ्य र पुनस्र्थापना सेवा, पहँचयुक्त भौतिक पुर्वाधार र सूचना सेवा, सहायक सामाग्री, प्रविधि रोजगारी, अवसर र सामाजिक सुरक्षा लगायतका विषयवस्तुलाई प्राथमिकतमा राख्न माग गरे ।

Advertisement


उनले प्रदेशले जारी गर्ने ऐन संघीय ऐनभन्दा प्रगतिशील बन्नुपर्ने बताए । मुस्ताङ अपांग समाजका सदस्य शक्ति गौचनले अपांगता भएका व्यक्तिको चुनौती, सवाल तथा सकारात्मक उपाय विषयका कार्यपत्र पेश गरेका थिए । स्वावलम्बन जीवन पद्धति केन्द्रका कार्यक्रम संयोजक सविना तिमिल्सिनाले कार्यक्रमा अपांगता भएका व्यक्तिका समस्या, समाधानका उपाय र ऐनका बारेमा सुझाव संकलन गरिएको जानकारी दिइन् ।


अपांगता भएका व्यक्तिहरुले अपांगतासम्बन्धी प्रादेशिक नीति बनेको परिप्रेक्ष्यमा ऐन जारी गर्न लबिइङ गर्दै आएका छन् । ऐन निर्माणका प्रक्रियामा सरोकारवालाको सक्रियता नभएको खण्डमा ऐन, नीति नियम एकातिर काम गर्ने तौरतरिका अर्कोतिर हुन जाने उनीहरुको तर्क छ ।

Advertisement

तपाईको प्रतिक्रिया