एलजी एसोसियसन कास्की लिग च्याम्पियन

पोखरा ।
बलराम केसी स्मृति कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगितामा एलजी एसोसियसन च्याम्पियन बनेको छ । पोखरा रंगशाला आइबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एसोसियसन च्याम्पियन बनेको हो । एलजीको जितमा आशीष गुरुङ नायक बने ।
एलजीका लागि ३ गोल आशीषले नै गरे । पहिलो हाफको १७ औं मिनेटमा गोलको खाता खोलेको उनले । दोस्रो हाफको २४ औं र ३९ औं मिनेटमा गोल गर्दै व्यक्तिगत ३ गोल गरे । खेलको म्यान अफ दि म्याच पनि आशीष नै भए ।
उपाधी जितेको एलजीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्यो । त्यसैगरी उपविजेता भ्यालीलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ६६ हजार ६६ सय ६६ प्रदान गरेको खेल संयोजक नरजंग गुरुङले जानकारी दिए ।
प्रतियोगिताबाट एलजी एसोसियसनका यमबहादुर श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित भए । त्यसैगरी सोही क्लबकै आशीष गुरुङ उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ता बने । भ्यालीका गोलकिपर श्रृजन श्रेष्ठ उत्कृष्ट गोलकिपर, एलजीको कन्या गुरुङ उत्कृष्ट डिफेन्डर र एलजीकै प्रेम छन्त्याल उत्कृष्ट मिडफिल्डर चुनिएका थिए ।
विजेता टोलीले प्रदेश स्तरीय फुटबलमा सिधै भाग लिन पाउने व्यवस्था छ । तर अहिले नै एन्फाले त्यसको निर्णय गरी नसकेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल्ल रञ्जितले बताए । वैशाख १९ गतेबाट सञ्चालन भएको फुटबल प्रतियोगितामा संघमा आबद्ध २१ क्लबले भाग लिएको थियो ।
तपाईको प्रतिक्रिया