क्लबस्तरीय भलिबल भोलिबाट

पोखरा ।
पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो ।
नेपाली कांग्रेसको भातृसंगठनसंघ कास्कीको आयोजनामा हुने क्लब स्तरीय पुरुष भलिबलको प्रतियोगिताका विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नवीन पुनले बताए । पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने क्लबस्तरीय भलिबल प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गराईने प्रतियोगिता संयोजक लामा अमृत गुरुङ बताउँछन् ।
‘संघ कास्कीको आयोजनामा पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गर्दै छौं’, संयोजक गुरुङले भने, ‘प्रतियोगितामा सहभागिता जनाउन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३ जना खेलाडीमात्र सहभागिता हुन पाउने छन् ।’
प्रतियोगिता संयोजक गुरुङले भलिबल प्रतियोगिताको उद्घाटन समारोहको दिन निशुल्क प्रवेश रहे पनि जेठ ३ गतेदेखि टिकट शुल्क निर्धारण गरेको छ । प्रतियोगिताको दोस्रो दिन १ सय, सेमिफाइनलमा १ सय ५० र फाइनल खेलमा २ सय रुपैयाँको टिकट लाग्नेछ ।
नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले गण्डकीका प्रदेशका ९ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिताका सञ्चालन गर्दै आएको बताए ।
तपाईको प्रतिक्रिया