माछापुच्छ्रेमा मार्च टु लोकल लेबल तथा शिक्षक अभिमुखीकरण

जूना थापा २०८१ जेठ १ गते १४:२६

पोखरा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक सुदृढीकण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको विशेष अभियान अन्तर्गत प्रदेश र जिल्ला स्तरका अभिमुखीकण तथा प्रशिक्षणपछि कास्कीका ५ वटै स्थानीय पालिकाहरुमा सो कार्यक्रम गरिएको हो ।


कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समिति सदस्य उमनाथ गौतमले व्यानर पढेर उदघाटन गरेका थिए । उनले शिक्षक सबैभन्दा पहिले आफ्नो कार्यक्षेत्रमा अब्बल हुनुपर्ने बताउँदै कर्तव्य पूरा गरेपछि मात्र अधिकारको कुरा आउने बताए । संगठनले देशैभर सो कार्यक्रम गरिरहेको र शिक्षकहरुलाई एकजुट बनाउने अभियानमा लागेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना दिए ।


कार्यक्रमका मुख्य प्रशिक्षक नेराशिसं कास्कीका सहसचिव तथा माछापुच्छ्रे गापाका इन्चार्ज जूना थापाले नेपाल राष्ट्रिय शिक्षक संगठनको इतिहास, संगठनको आवश्यकता, शिक्षक आन्दोलनका उपलब्धिबारे बताइन् । उनले संगठन विस्तार र सुदृढीकरणका चुनौती र रणनीति, राज्य र स्थानीय पालिकाले शिक्षकलाई हेर्ने नजर, अहिले पोखरामा सुरुआत गर्न थालिएको दरबन्दी मिलान र यसको औचित्यमाथि पनि प्रकाश पारेकी थिइन् । उनले शिक्षक महासंघको वैधानिकता र महासंघ गठन प्रक्रियामा नेपाल राष्ट्रिय शिक्षक संगठनको असहमति, कारण र धारणालगायत विषयमा प्रशिक्षण दिँदै थिइन् ।

Advertisement


नेराशिसं माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष जित क्षेत्रीले गरेको कार्यक्रममा नेराशिसं गण्डकी प्रदेश प्रतिनिधि तथा माछापुच्छ्रे गापाका पूर्वअध्यक्ष मातृका आचार्य, शिक्षक हित बचत तथा ऋण सहकारी संस्था पोखराका कोषाध्यक्ष पुरुषोत्तम लामिछाने र सहकारी सदस्य केशव ढकाल पनि उपस्थित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया