पूर्वसांसद रेग्मीको निधन
समाधान संवाददाता
२०८१ जेठ १ गते १४:५८
वालिङ ।
पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।
रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बनेका थिए । उनी लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहेका थिए । रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए । काठमाडौँमा क्यान्सरको उपचार गराइरहेका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उनलाई भीरकोट ल्याइएको थियो ।
नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको संगमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया