पोखरा कुमुद लियो क्लबमा गौतमको नेतृत्व

समाधान संवाददाता २०८१ जेठ १ गते १६:५६

पोखरा ।
पोखरा कुमुद लियो क्लबले हालै दोस्रो वार्षिक साधारण सभा गरेको छ । इन्जिनियर अशीष पौडेलको नेतृत्व रहेको क्लबको अबको नेतृत्व गणेश गौतमले गर्ने छन् । साधारण सभाले गौतमलाई अध्यक्ष निर्वाचित गरेको छ ।

Advertisement


क्लबको प्रथम उपाध्यक्ष सदीक्षा क्षेत्री, द्वितीय उपाध्यक्ष सागर पौडेल, सचिव सौरभ मरासिनी, कोषाध्यक्ष जमुना पौडेल, सहसचिवः अयुष्मा गौतम, सहकोषाध्यक्ष मीलन पौडेल चुनिएका छन् ।

टेमर सुशील सुवेदी, टेल ट्विस्टर बिविका थापा, एनएलएफ प्रबन्ध प्रमुख निकीता चौधरी, अन्तर्राष्ट्रिय सेवा निर्देशक पूजा त्रिपाठी, क्लब सेवा निर्देशक मोनिका पारियार, व्यावसायिक सेवा निर्देशक पवित्र गौतम, समुदाय सेवा निर्देशक यमुना पतनी चयन भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया