पाेखरामा ह्यान्डबल प्रशिक्षण सुरु

पोखरा ।
पोखरामा शिक्षक लक्षित ५ दिने गण्डकी प्रदेशस्तरीय ह्यान्डबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा प्रशिक्षण प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले सुरुआत गरे ।
शर्माले प्रदेश खेलकुद परिषद तल्लो तहबाटै खेलकुदको जग बलियो बनाउने अभियानमा अघि बढेको बताए । खेलाडी उत्पादन गर्नका लागि नै विद्यालयका खेल शिक्षक लक्षित विभिन्न प्रशिक्षण कार्यक्रम लगायत दशौं राष्ट्रिय खेलकुदका लागि विभिन्न प्रतियोगितासमेत परिषदले तय गरेको जनाउँदै सदस्य सचिव शर्माले परिषद खेलकुद विकासका लागि सबै संग सहकार्य गर्दै अघि बढ्ने बताए ।
परिषदका निवर्तमान सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङले परिषदले अघि सारेको अभियान महत्वपूर्ण रहेको जनाउँदै कार्यक्रमले जिल्लामा युवा ह्यान्डबल खेलाडी उत्पादनका लागि सहयोगी हुने बताए ।
पोखरा रंगशालामा सुरु भएको प्रशिक्षणमा विभिन्न जिल्लाका विभिन्न विद्यालयका ४० शिक्षकको सहभागिता रहेको प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए । सहभागीलाई प्रशिक्षकहरु रामबहादुर क्षेत्री, चित्रबहादुर थापा, विशाल बस्नेत ायतले प्रशिक्षण दिँदै छन् ।
तपाईको प्रतिक्रिया