सिसिटिभी बिक्रेता र टिएनडीबिच अन्तक्र्रिया

पोखरा ।
पोखरामा रहेका सिसिटिभी बिक्रेताद्वारा स्थापित पोखरा लायन्स क्लब अफ इन्फरमेसन एन्ड टेक्नोलोजीका पदाधिकारी र सिसिटिभी क्यामरा टिएनडी ब्रान्डका पदाधिकारीबीच अन्तक्र्रिया भएको छ ।
टिएनडी ब्रान्डका सेल्स म्यानेजर एरिका ह्वाङ, कन्ट्री सेल्स म्यानेजर नवीन भण्डारी, हाइटेकको तर्फबाट नेपालका लागि टिएनडी ब्रान्डका एक्जुकेटिभ सेल्स म्यानेजर सुरज भट्ट लगायतको टोलीलाई स्वागतसँगै अन्तक्र्रिया भएको हो ।
टिएनडीका सेल्स म्यानेजर ह्वाङले टिएनडी ब्रान्डको सिसिटिभी क्यामेरा राम्रो भएको बताउँदै पोखरामा रहेका सिसिटिभी बिक्रेता मिलेर लायन्स क्लब गठन गरी व्यापार व्यवसाय प्रवद्र्धनमा जुटेको भन्दै खुसी व्यक्त गरे । उनले ग्राहकको चाहनालाई मध्येनजर गरी टिएनडी ब्रान्डले भरपर्दो क्यामेराहरु उत्पादन गरेको दाबी गरिन् ।
हाइटेक इन्टरनेसनल नेपालका सेल्स म्यानेजर भट्टले हाइटेकमार्फत नेपालका लागि टिएनडी ब्रान्डका सिसिटिभि क्यामेराहरु उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा एक क्षेत्र एक डिलर अवधारणामा काम गर्ने जनाए । टिएनडीका टेक्निकल हेड उत्कल सन्जेलले टिएनडी ब्रान्डमा समस्या नहुने दाबी गरे ।
इन्फरमेसन एन्ड टेक्नोलोजीका अध्यक्ष सरोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य सुदीप ओझा, क्लबका निर्वाचित अध्यक्ष दिनेश महर्जन, गोम्जा आइटी टेक्नोलोजीका सञ्चालक रावत गोम्जा तामाङ लगायतले बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया