रोटरी क्लबको आँखा शिविर

लेखनाथ ।
कास्कीको रुपा गाउँपालिकामा रोटरी क्लब अफ लेखनाथले राखेको आँखा शिविरमा २ सय ५ जनाले सेवा लिएका छन् । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग, ग्रिन डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकको आर्थिक सहयोगमा रुपा गाउँपालिकाको वडा नम्बर ५ देउरालीमा रहेको विश्वशान्ति माविमा अध्यनरत विद्यार्थीहरुलाई केन्द्रित गरी शिविरको आयोजना गरिएको हो ।
वर्ष ३ का विनय कुमालको आँखा परीक्षण गरी सुरु भएको कार्यक्रममा बोल्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मोबाइलको प्रयोग बढी गर्दा आँखा कमजोर हुनेको संख्या बढ्दै गएकाले यसतर्फ अभिभावकहरु सचेत हुनुपर्ने विचार राखे ।
रोटरी क्लब अफ लेखनाथका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष विश्वप्रकाश कर्माचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तकुमार श्रेष्ठ र क्लबका सचिव दीपेन्द्र भण्डारी लगायतले शिविरबाट रोग लाग्नुपूर्वका होसियारीका बारेमा जानकारी लिएर स्वच्छ आँखा बनाउन सकिने धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया